
उदयपुर, १५ साउन । त्रियुगा नगरपालिका ९ बस्ने २६ वर्षीय बिशाल दनुवारको करेन्ट लागेर वुधबार मृत्यु भएको छ ।
सोही नगरपालिका ५ स्थित विद्युतको पोलमा चढेर वर्ल्ड लिङ्क नेटको तार जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया