शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका ११ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि

बाँकेमामा ३ दिनका लागि निषेधाज्ञा जारी गर्ने तयारी

दैनिक नेपाल २०७७ साउन १५ गते १४:२९

बाँके, १५ साउन । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका ११ जना कर्मचारीसहित एकैदिन ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमितमध्ये बाँकेका २७ जना, बर्दियाका ७ जना र दाङका २ जना छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बिहीबार एकैदिन ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यसैबीच बाँकेमा आइतबारदेखि ३ दिनसम्म निषेधाज्ञा हुने भएको छ । कोरोना सङ्क्रमणको दर बढ्दै गएकाले ३ दिने निषेधाज्ञा गर्न लागिएको जिल्ला प्रशासन कार्यलय बाँकेले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित