शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

रामचन्द्र पौडेलले भने– अनुशासन समितिको नियत र कार्यक्षमतामाथि प्रश्न उठ्यो

दैनिक नेपाल २०७७ साउन १५ गते १४:१५

काठमाडौं, १५ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यक्षमता नियतमाथि प्रश्न उठाएका छन् ।

गएको चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ३२ जना उम्मेदवार र प्रस्तावक समर्थकलाई गरिएको कारबाहीको विषयलाई लिएर असन्तुष्टि व्यक्त गर्दे उनले नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमाथि प्रश्न उठाएका हुन् ।

पौडेलले बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्– ‘#2 सिटिङ्ग संसदको उम्मेदवारी खेसिएका कैलालीका श्री पुश्कर ओझालाई स्पष्ट आधार र कारणबिना बागी उमेदवारसंग जोडी विधानको दफा ३४ बमोजिम ५ वर्षको लागि पार्टीवाट निस्कासनको कारवाही गर्नु नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको नियत र कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको छ ।’

वागी उम्मेदवार, उम्मेदवारी खोसिएका र चुनावपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तिलाई विधानको एउटै दफा प्रयोग गरी कारवाही गरेको भन्दै अनुशासन समितिको नियतमाथि उनले प्रश्न उठाएका हुन् ।

उनले विगत चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ३२ जना उम्मेदवार र प्रस्तावक समर्थकलाई नेपाली कांग्रेसको विधानको दफा ४ बमोजिम पार्टी सदस्यता नरहने गरी निस्कासित गर्दा तनहुँ क्षेत्र नं १ मा वागी उम्मेदवारलाई कारवाही नगरेकोमा समेत असन्तुष्टि व्यक्त गरेको छन् ।

प्रतिक्रिया
सम्बन्धित