बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

सेलपे सेवाको एनीभर्सरी अफर

दैनिक नेपाल २०७७ साउन १५ गते १३:५७

काठमाडौँ, १५ साउन । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेल कम प्रा. लि. को सेलपे सेवाले आफ्नो वार्षिकोत्सवमा एनीभर्सरी अफर लिएर आएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले साउन १६, २०७७ का दिन सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५०५ ९अधिक्तम रु. १००० सम्म० क्यास ब्याक पाउनेछन् । यो अफरको लाभ लिनको लागि चाँडै नै आफ्नो मोबाईलमा सेलपे एप डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुहोस् ।

यसका साथै सेलपेका ५ जना भाग्यशाली ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा १०० सेकेण्डभित्र रु.१ मा असीमित ग्रोसरी सामानहरु किनमेल गर्ने मौका पाउनेछन् । सेलपेको वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ खुशी बाड्नको लागि यस अफरको सुरुवात गरिएको हो ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ ।

– वास्तविक समयमा भुक्तानी
– बिना वालेट कारोबार गर्न सकिने
– सरल एवं सुरक्षित
– लोयाल्टी पोइन्ट्स पाईने

सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, बिमा रकम भुक्तानी, ईएमआई भुक्तानी, कोविड(१९ को बिमा रकम भुक्तानी तथा शेयर कारोबार, पीटुपी, पीटुबी, बीटुपी, बीटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ ।

यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमा उपलब्ध छ ।

सेलपे एप डाउनलोड गरी आजै आफ्नो बैंक खाता लिंक गर्नुहोस् ।

प्रतिक्रिया
सम्बन्धित