बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

खुले होटल व्यवसायहरु, ग्राहक पाउनै मुस्किल

दैनिक नेपाल २०७७ साउन १५ गते १३:४४

फाइल तस्वीर

काठमाडौँ, १५ साउन । ४ महिनादेखि बन्द होटल व्यवसायहरु सञ्चालनमा आएका छन् ।

कोरोनाभाइरस संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनका कारण बन्द रहेका होटल तथा रेष्टुराँ व्यवसाय सञ्चालनमा आएका हुन् ।

होटलहरु खुले पनि राष्ट्रिय अन्तर्राष्ट्रिय उडान नहुँदा ग्राहकरुको उपस्थिति नगण्य हुन सक्छ । उडान खुलेपछि पनि निकै धेरै प्रतिस्पर्धा हुन सक्ने होटल व्यवसायीहरु बताउँछन् ।

सरकारले साउन ७ गतेदेखि लकडाउन खोलेपनि होटल व्यवसाय, ट्रेकिंग, ट्राभल र पर्वतारोहण कार्यालयहरु साउन १५ देखि सञ्चालन गर्ने निर्णय गरेको थियो ।

खासगरी तारे होटलहरुमा ग्राहकहरु नहुने निश्चित छ । जब सबै सामान्य अवस्था बनेपछि मात्रै व्यवसायहरु चलायमान हुने व्यवसायीहरु बताउँछन् ।

सरकारले भदौ १ बाट आन्तरिक र बाह्य उडान खुलाउने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित