शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सुनको झोला फालेर भाग्ने ३ जना पक्राउ, प्रहरीमाथि पनि शंका

दैनिक नेपाल २०७७ साउन १५ गते १३:०२

काठमाडौं, १५ साउन । प्रहरीको सामुन्य ‘सुनको झोला’ फालेर फरार भएको भनिएका ३ जना सुन तस्करलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले दुई दिनअघि काठमाडौंबाट १५ किलो सुन बरामद गरेको घटना अर्कैतिर मोडिदै गएको बेलामा अभियुक्तहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया छन् । उनीहरु पूर्वी नवलपरासीको दुम्कीबास क्षेत्रबाट पक्राउ परेको बताइएको छ । उनीहरु तीनै जना भारतीय नागरिक भएको प्रहरीले बताएको छ ।

तर, यो घटनामा प्रहरीले कमलादीबाट सुन बरामद गरेको बताए पनि पक्राउ परेकाहरुले थानकोटमा घटना भएको बताएपछि प्रहरी पनि शंकाको घेरामा परेको छ ।

घटना अनुसन्धानको क्रममा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलेपछि महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रञ्जन दाहाल समेत विवादमा तानिएका छन् । उनले नै अभियुक्त भगाएको आरोप उनलाई लागेको छ ।

मंगलबार महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रन्जन दाहाल नेतृत्वको टोलीले चेकजाँच गर्न खोज्दा बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कोर्पियो भागेको प्रहरीको दाबी छ ।

स्कोर्पियोबाट उनीहरुले फालेको झोला खोल्दा आधा किलो सुन, सुनको जलप भएको साढे १४ किलो चाँदी र दुईथान चाईनिज पेस्तोल फेला परेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित