शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

किन फेरिए १५ किलो सुन प्रकरणका छानबिन समिति संयोजक ?

दैनिक नेपाल २०७७ साउन १५ गते १३:२८

काठमाडौँ, १५ साउन । कमलादीबाट १५ किलो सुन बरामद प्रकरणका छानबिन समितिका संयोजक फेरिएका छन् ।

घटनाका विषयमा छानविन गर्न वुधबार महानगरीय प्रहरी कार्यालयले अपराध महाशाखाका प्रमुख दीपक थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको थियो ।

तर बिहीबार संयोजक थापाको ठाउँमा महानगरीय प्रहरी कार्यालयका एसएसपी सुशील यादवलाई समितिको संयोजक बनाइएको छ ।

घटनाका विषय जटिल बन्दै गएको र प्रहरीमाथि लापरवाही गरेको आरोप लागेपछि छानबिन समिति गठन गरेको हो ।

घटनामा काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीसम्म मुछिने भएपछि समितिका संयोजक उनीभन्दा सिनियर एसएसपी यादवलाई बनाइएको हो ।

थापा र ज्ञवाली एकै समूहका भएकाले छानबिनमा असहजता हुने भएपछि यादवलाई संयोजक बनाइएको हो । ज्ञवालीले आफूभन्दा जुनियरलाई समितिको संयोजक बनाएको भन्दै गुनासो गरेपछि सिनियरलाई संयोजक बनाइएको बताइएको छ ।

मंगलबार कमलादीबाट महानगरीय प्रहरी वृत्त दरबारमार्गले १५ किलो सुन बरामद गरेकोमा परीक्षण गर्दा साढे १४ किलो मात्रै सुन र अन्य चाँदी भएको पाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित