मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

कोरोना संक्रमितको मृत्यु भएपछि वडा सिल

दैनिक नेपाल २०७७ साउन १५ गते १२:४६

काठमाडौँ, १५ साउन । मोरङको सीमावर्ती सुनवर्षी नगरपालिकाको वडा नम्बर ८ का कोरोना संक्रमितको मृत्यु भएपछि सिल गरिएको छ ।

वडाका ४५ वर्षीय पुरुषको वुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएपछि नगरपालिकाले बिहीबार बिहानदेखि वडा सिल गरेको हो ।

मृतकसँग सम्पर्कमा आएका १० जनाको परीक्षण गर्न लागिएको बताइएको छ ।

त्यस्तै, मृतकका वडाका ४८ जनाको स्वाब संकलन गरिएको र उनीहरुको रिपोर्ट आइनसकेको बताइएको छ ।

सुनवर्षी नगरपालिकाका वडा– ८ भारतसँग जोडिएको छ । मृतक डाइनिया हर्चगढीका हुन् । उनी लकडाउनको तीन सातापछि भारतबाट घर आएका थिए ।

घर आएपछि उनी दुई सातासम्म क्वारेन्टिनमा बसेर पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर गएका थिए । उनी पुनः भारत फर्किएका र संक्रमित भएको पाइएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित