बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नायक भुवन केसी र प्रोडक्सन म्यानेजर गणेश सापकोटविरुद्ध मुद्दा हाल्ने तयारीमा साम्राज्ञी

दैनिक नेपाल २०७७ साउन १५ गते १२:१५

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहाले नायक भुवन केसीविरुद्ध मुद्दा हाल्ने तयारी गरेकी छिन् ।

नायक केसीसँगै उनले चलचित्र ‘ड्रिम्स’ का प्रोडक्सन म्यानेजर गणेश सापकोटाविरुद्ध पनि मुद्दा हाल्ने भएकी छिन् । उनले आफूमाथि गाली बेइज्जती भएको भन्दै मुद्दा हाल्ने तयारी गरेको बताएकी छिन् ।

तर, आफूविरुद्ध दुर्व्यवहार भएको नायिका साम्राज्ञीको आरोप खण्डन गर्दै नायक केसीले गत शुक्रबार नै काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीकै मुद्दा हालिसकेका छन् ।

आफूमाथि अहिले पनि दुर्व्यवहार भइरहेको नायिका शाहाको आरोप छ । यसअघि गएको असारमा इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै ठूला ब्यानरका व्यक्तिहरुले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

त्यसयता यी नायक–नायिकाबीच वाकयुद्ध चल्नुका साथै विषय अदालतसम्म पुगिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित