२९ आश्विन २०८३, बिहिबार

धरहरा निर्माणको ४० प्रतिशत काम सकियो, ११औँ तलाको ढलान सम्पन्न

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । धरहराको ११औँ तलाको ढलान सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ ।

यो सँगै धरहरा निर्माणको ४० प्रतिशत काम सकिएको प्राधिकरणको भनाइ छ । अघिल्लो हप्तादेखि शुरू भएको ११औँ तलाको ढलान बुधबार सकिएको हो ।

लकडाउन हटेपछि धमाधम काम भइरहेको धरहरा निर्माणका लागि पछिल्लो समय करीब २६० जना कामदार खटिएका छन् ।

करीब ४२ रोपनी क्षेत्रफलमा बन्दै गरेको नयाँ धरहरा पहिलाको धरहरा भन्दा चौडा हुनेछ । पुरानो धरहरा करीब साढे ४ रोपनी क्षेत्रफलमा थियो ।

धरहरामा दुई वटा लिफ्ट पनि हुने छ । भित्रबाट २२ तलाको हुने धरहरा बाहिरबाट भने बेसमेन्ट सहित ११ तलाको देखिने बताइएको छ ।