शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सिटिजन्स बैंकले ९.५० प्रतिशत ब्याजदरमा ‘एसएमई’ कर्जा दिने

दैनिक नेपाल २०७७ साउन १४ गते २३:११

काठमाडौं, १४ साउन । सिटिजन्स बैंक इन्टरनेशनलले विशेष सुविधासहित ‘सिटिजन्स घर कर्जा योजना’ र ‘साना तथा मझौला (एसएमई) कर्जा)’ सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत बैंकका ग्राहकले ९ दशमलव ५० प्रतिशत वार्षिक ब्याजदरमा जग्गा तथा घर खरीद गर्न र घर निर्माण गर्न कर्जा पाउने भएका छन् ।

कोरोना भाइरसले सृजना गरेको विषम परिस्थितिलाई दृष्टिगत गर्दै बैंकले ल्याएको नयाँ कर्जा योजना २५ वर्ष अवधिको हुने बताइएको छ । यस्तै कागजात पेश गरेको ३ कार्यदिनभित्रै कर्जा उपलब्ध गराउने प्रतिबद्धता पनि बैंकले व्यक्त गरेको छ ।

यो योजना अन्तर्गतको कर्जा लिने ग्राहकलाई बैंकले नि:शुल्क क्रेडिट कार्ड प्रदान गर्ने बताएको छ । आकर्षक घरकर्जा योजनाबाट ग्राहकको जीवनमा खुशीयाली छाउने बैंकको विश्वास छ ।

सिमित अवधिका लागि ल्याइएको कर्जा योजना बैंकको देशभरका शाखाबाट उपलब्ध हुने भएकाले चाँडो लाभ उठाउन पनि बैंकले अपिल पनि गरेको छ ।

साथै बैंकले सिटिजन्स मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १० दशमलव ९९ प्रतिशत वार्षिक ब्याजदरमा उपलब्ध गराउने बताएको छ ।

बैंकले देशभर १०९ वटा शाखा, ९८ वटा एटीएम र १०४ वटा शाखारहित बैंकिङ एकाइहरुबाट करीब साढे ६ लाख ग्राहकबीच सेवा प्रवाह गर्दै आएको जानकारी दिएको छ ।

यस्तै विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि बैंकले उपलब्ध गराउँदै आएको छ ।

सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगीकार गर्दै यस बैंकले ग्राहकलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया
सम्बन्धित