शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

वुधबार काठमाडौँ उपत्यकाका यी स्थानमा भेटिए कोरोना संक्रमित

दैनिक नेपाल २०७७ साउन १४ गते २२:०७


काठमाडौँ, १४ साउन । वुधबार काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा कोरोनाभाइरस संक्रमितहरु भेटिएका छन् ।

वुधबार मात्रै उपत्यकामा थप २० जनामा संक्रमण देखिएको छ । काठमाडौँमा भेटिएका संक्रमितहरु धेरैजसो तराईका विभिन्न जिल्लाहरुबाट आउने व्यक्ति रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । त्यस्तै, केही चाँही उपत्यकामै व्यवसाय गर्नेहरुमा संक्रमण देखिएको छ ।

वुधबार महाबौद्ध क्षेत्रमा २ जना व्यापारीलाई संक्रमण देखिएको छ । नयाँ संक्रमितमध्ये ९ जना प्रहरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै, चन्द्रागिरी, बाँसबारी, भोटाहिटी, सामाखुसी, स्वयम्भू, ओमबहाल, कुलेश्वर र भक्तपुर नगरपालिकालगायतका क्षेत्रमा पनि संक्रमित भेटिएका छन् ।

यससँगै उपत्यकामा संक्रमितको संख्या ४ सय ९६ जना पुगेका छन् ।

प्रतिक्रिया
सम्बन्धित