शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

वीरगञ्जमा थप दुई कोरोना संक्रमितको मृत्यु

दैनिक नेपाल २०७७ साउन १४ गते १९:५०

सांकेतिक तस्वीर

काठमडौँ, १४ साउन । नेपालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वुधबार वीरगञ्जमा २ जना वृद्धहरुको कोरोनाका कारण मृत्यु भएको हो ।

६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र ७१ वर्षीय वृद्धको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो ।

मुटु र निमोनियाका बिरामी ६८ वर्षीय पुरुष साउन ८ गते अस्पताल भर्ना भएका वीरगञ्जस्थित नारायणी अस्पतालका सुपरिटेण्डेण्ट मदन उपध्यायले जनाएका छन् । उनको भर्ना भएको एक सातामै उपचारका क्रममा वुधबार मृत्यु भएको हो ।

त्यस्तै, नेशनल मेडिकल कलेजमा पखाला लागेर भर्ना भएका ७१ वर्षीय पुरुषको मर्गौलामा समस्या देखिएको थियो । उनको कोरोना परीक्षण गर्दा रिपोर्ट आउनु अघि नै उपचारका क्रममा हो । वुधबार साँझ रिपोर्ट आउँदा कोरोना पोजेटिभ भएको पाइएको अस्पतालले जनाएको छ ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित