शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

त्रिविले सेमेस्टर परीक्षा भदौ तेस्रो हप्ता र वार्षिक परीक्षा असोज पहिलो हप्तादेखि गर्ने

दैनिक नेपाल २०७७ साउन १४ गते १७:४५

काठमाडौँ, १४ साउन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्थागित परीक्षा भदौको तेस्रो हप्ताबाट सुरु गर्ने तयारी थालेको छ ।

विद्यार्थीले काठमाडौँ आउने समय मागेपछि २ हप्तापछि गर्ने गरी त्रिविले तयारी थालेको हो ।

स्नातकोत्तर तह र स्नातक तहका सेमेस्टर परीक्षा भदौको तेस्रो हप्ता र वार्षिक परीक्षा असोजको पहिलो हप्तादेखि शुरु गर्नेगरी तयारी थालिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

भदौको पहिलो हप्ता विद्यार्थी काठमाडौँ आएपछि १४ दिन क्वारेन्टिनमा बसेर परीक्षा लेख्नुपर्ने जोशीको भनाइ छ । सबैभन्दा कम विद्यार्थीबाट परीक्षा गरिने उनले जनाए ।

त्रिविले ती परीक्षाका लागि चाँडै नै कार्यतालिका प्रकाशन गर्ने तयारीसमेत गरेको छ । यसपटक विद्यार्थीलाई पायक पर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राखिनेछ । त्रिविले गत चैत ७ गतेबाट परीक्षाहरु स्थगित गरेको थियो ।

स्नातकोत्तर तहको प्रथम, स्नातक तह दोस्रो र विभिन्न तहका सेमेस्टर प्रणालीका परीक्षा रोकिएका छन् । वार्षिक परीक्षाअन्तर्गत स्नातकोत्तर तह प्रथम र स्नातक तह चौथो वर्षको परीक्षा बाँकी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित