शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

ग्यालेक्सी एस २० तथा ग्यालेक्सी एस २० प्लसमा मेगा एक्स्चेन्ज अफर

दैनिक नेपाल २०७७ साउन १४ गते ७:३२

काठमाडौं, १४ साउन । नेपालको विश्वासिलो कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्डले हालै नयाँ अफर प्रस्तुत गरेको छ । सामसङले हालै “मेगा एक्स्चेन्ज अफर” प्रस्तुत गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकले आफ्नो पुरानो स्मार्टफोनलाई नयाँ ग्यालेक्सी एस २० वा ग्यालेक्सी एस २० प्लससँग साट्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

अब, पुरानो स्मार्टफोनसँग ग्यालेक्सी साट्दा ग्राहकहरूले तत्काल क्यास ब्याक वा सामसङ लिड टिभी प्राप्त गर्ने जनाइएको छ । ग्राहकले ३२ इन्च सामसङ लिड टिभी वा रु.२२००० को क्यास ब्याक मध्ये एक छनौट गर्न सक्ने जनाइएको छ ।

ग्यालेक्सी एस २० को हकमा भने रु.१९००० को क्यास ब्याक प्राप्त हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित