शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नबिल बैंकद्वारा स्क्यान एन्ड वीथड्र सेवा शुभारम्भ

दैनिक नेपाल २०७७ साउन १३ गते २२:५५

काठमाडौं, १३ साउन । नबिल बैंकले ‘स्क्यान एन्ड वीथड्र’ सुविधाको सुरुवात गरेको छ ।

बैंकका ग्राहकलाई नयाँ पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले मंगलबारबाट यो सुविधा शुरू गरिएको बैंकले बताएको छ । स्क्यान एन्ड वीथड्र मार्फत ग्राहकले चेकको प्रयोग नगरीकनै क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक रू. १ लाख सम्मको रकम झिक्न सक्ने छन् ।

बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको छ । बैंकले चाँडै योसेवालाई देशभरका शाखाहरूमा उपलब्ध गराउने तयारी गरिरहेको बताएको छ ।

नयाँ सेवा शुरूवातको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले ग्राहकले चेक तथा एटीएम कार्ड बिर्सेको खण्डमा पनि बैंकबाट पसा झिक्न सक्ने बताए । ‘आफ्नो मोबाइल बैंकि’ एपमा लगइन गरेर ब्ांैंक काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट रकम झिक्न सक्नु हुने छ’, शाहले भने ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबार गर्न र संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि नबिल बैंकले यो पद्धती अपनाएको बताएको छ । यसबाट बैक कर्मचारी र ग्राहकको सम्पर्क सकेसम्म घटाउने प्रयन्त गरिएको छ ।

‘ग्राहकले क्यूआर कोड स्क्यान गर्दा अब स्वतः ग्राहकको खाताबाट रकम घट्ने छ र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्नुपर्ने छ’, सीईओ शाहाले भने, ‘स्क्यान एन्ड वीथड्रमार्पmत नबिल बैंकका ग्राहकले सहज र छिटो सेवा प्राप्त गर्ने छन् ।’

देशभर ११८ वटा शाखा र १७८ ओटा एटीएम काउन्टरबाट बैंकले आफ्नो बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको शुरूवात गर्न अग्रणी भूमिका खेलेको बैंकको दाबी छ ।

देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना पनि गरेको छ । साथै यसले नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रूपमा काम गर्दै आएको पनि बैंकले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित