बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

सानिमा बैंकको डिजिटल काउन्टर संचालनमा

दैनिक नेपाल २०७७ साउन १३ गते १९:५०

काठमाडौँ, १३ साउन । सानिमा बैंक लिले साउन १३ गतेदेखि डिजिटल काउन्टर संचालनमा ल्याएको छ ।

अब डिजिटल काउन्टरमार्फत सानिमा बैंकका ग्राहकहरुले चेक बिना नै भुक्तानी प्राप्त गर्न सक्नेछन् । यो सेवा प्रयोग गर्न मोबाइल बैंकिङ्ग एप “सानिमा सजिलो ई बैंकिङ्ग”बाट नक्साल शाखामा रहेको डिजिटल काउन्टरमा गएर क्यूआर कोड स्क्यान गरी भुक्तानी प्राप्त गर्न सकिन्छ ।

ग्राहकले चेकबुक भर्नुपर्ने प्रक्रिया बिना सिधै डिजिटल काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी रकम निकाल्न सकिने हुनाले यो सेवा छिटो, छरितो र सरल रहेको छ ।

यो सेवा हाल सानिमा बैंकको प्रधान कार्यालय नक्सालबाट सुरु गरिएको र समय अनुसार यो सेवामा थप सुविधाहरु समायोजन गरी विस्तार गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित