शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

डडेल्धुरामा जंगली विषालु च्याउले आमाछोराको ज्यान लियो

दैनिक नेपाल २०७७ साउन १३ गते १९:४१

सांकेतिक तस्वीर

डडेल्धुरा, १३ साउन । डडेल्धुराको नवदुर्गा गाउपालिका वडा नं. ३ मा जंगली च्याउ खाँदा ८ वर्षीय बालकको मृत्यु भएको ३ दिन पछि मंलगबार आमाको पनि मृत्यु भएको छ ।

साउन १० गते बेलुका जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा एकै परिवारका ५ जना विरामी भएका थिए ।

विरामी मध्ये ८ वर्षीय बालकको उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो र अन्य ४ जनाको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार भईरहेको थियो । उपचारकै क्रममा मृतक बालकी आमा विस्ना धामीको मंगलबार अस्पतालमै मृत्यु भएको छ ।

उनकी तीन छोरीको पनि सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार भईरहेको र एक जनाको स्वास्थ्य अवस्था गम्भीर भएकोले आईसीयुमा राखेर उपचार भईरहेको अस्पताल स्रोतले बताएको छ ।

जंगली विषालु च्याउ खाएका पाँचै जनालाई डडेल्धुरा अस्पतालले उपचारका रिफर गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित