बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

टेलिकमको रिचार्ज गर्न युएसएसडी कोड प्रयोग गर्न सकिने

दैनिक नेपाल २०७७ साउन १३ गते १९:३१

काठमाडौँ, १३ साउन । नेपाल टेलिकमका विभिन्न सेवाहरुको रिचार्ज गर्नका लागि युएसएसडी कोड *412# प्रयोग गर्न सकिने भएको छ ।

कम्पनीको जिएसएम मोबाइलबाट *412# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ ।

त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिन्छ । यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न पनि सकिन्छ ।

कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाइम्याक्स सेवा र सिप सेवाहरुको रिचार्ज युएसएसडी कोड प्रयोग गरी सहज रुपमा गर्न सकिन्छ ।

त्यसैगरी नयाँ सिम एक्टिभेट गर्न हाल १४१५ मा कल गरी फस्र्ट कल एक्टिभेसन (एफसीए) गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले *1414# डायल गरी एफसीए गर्न सकिने व्यवस्था मिलाएको छ ।

नेपाल टेलिकम एप र कम्पनीको वेबसाइट (www.ntc.net.np) मार्फत रिचार्ज गर्ने गरिएकोमा हाल उपलब्ध गराइएको नयाँ सुविधाबाट कम्पनीका अन्य सेवाको रिचार्जसमेत थप सहज रुपले गर्न सकिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित