
काठमाडौँ, १३ साउन । प्रदेश २ मा मंगलबार थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितहरु ५ जिल्लाका रहेका छन् । थपिएका संक्रमितहरुमा सप्तरीमा १९ जना, पर्सामा १४ जना, धनुषा र महोत्तरीमा ८ ८ जना र बारामा एक जना रहेका छन् ।
यससँगै प्रदेशमा २ मा संक्रमितको संख्या ४ हजार ४ सय ८३ जना पुगेको छ ।
जसमध्ये ३ हजार १८ जनाले कोरोना जितेका छन् ।















प्रतिक्रिया