बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

‘बहुमत स्थायी कमिटी’मा बामदेवले भने– प्रधानमन्त्री र अध्यक्षबाट ओलीलाई हटाउन हुँदैन

दैनिक नेपाल २०७७ साउन १३ गते १७:१५

काठमाडौं, १३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाउन नहुने तर्क अगाडि सारेका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बहुमत स्थायी कमिटीको बैठकमा उपाध्यक्ष गौतमले पार्टी एकतालाई मजबुत पार्दै लैजाने हो भने पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट अहिले केपी ओलीलाई हटाउन उपयुक्त नभएको बताएका हुन् ।

त्यस्तै उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पूर्ण कार्यकारी अध्यक्ष बनाएर अगाडि बढ्नुपर्ने प्रस्ताव पनि राखेका छन् ।

उपाध्यक्ष गौतमले मंगलबार अध्यक्षद्वयसमक्ष ६ बुँदे प्रस्ताव पेस गर्दै विभिन्न प्रस्ताव अगाडि सारेका छन् । उनको प्रस्ताव सकारात्मक भएको पार्टीका नेताहरुले प्रतिक्रिया दिएका छन् ।

गौतमले आफ्नो ६ बुँदे प्रस्तावमा आगामी एकता महाधिवेशनसम्म केपी ओली नै अध्यक्ष र प्रधानमन्त्री रहने, आगामी महाधिवेशनसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा पाउनु पर्ने, पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्नेलगायत प्रस्ताव अगाडि सारेका छन् ।

प्रतिक्रिया
सम्बन्धित