बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

थप एक जनाको कोरोनाका कारण मृत्यु पुष्टि

दैनिक नेपाल २०७७ साउन १३ गते १६:५३

फाइल तस्वीर

काठमाडौँ, १३ साउन । नेपालमा थप एक जनाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमअनुसार बझाङ बुंगल गाउँपालिका निवासी ६५ वर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्ट भएको हो ।

साउन ९ गते घरमा मृत्यु भएको ति पुरुषको पछि परीक्षणको नतिजा आउँदा कोरोना पोजेटिभ देखिएको हो ।

दमका बिरामी मृतक असार २४ गते भारतबाट आएर १४ दिन क्वारेन्टिनमा बसेका थिए । त्यसपछि घर गएका उनको साउन ९ गते मृत्यु भएको थियो । यससँगै मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

नेपालमा मंगलबार थप ३ सय ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या १९ हजार ६३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १ सय २९ जना रहेका छन् ।

त्यस्तै, प्रवक्ता गौतमका अनुसार थप १ सय २१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यससँगै निको हुनेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित