शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ उपत्यकामा एकै दिनमा थपिए ५३ कोरोना संक्रमित

दैनिक नेपाल २०७७ साउन १३ गते १६:४२

काठमाडौँ, १३ साउन । गत २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्रै ४८ जना नयाँ संक्रमित थपिएको जानकारी दिए । त्यस्तै, भक्तपुरमा १ जना र ललितपुरमा ४ जनामा संक्रमण देखिएको हो ।

नेपालमा मंगलबार थप ३ सय ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या १९ हजार ६३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १ सय २९ जना रहेका छन् ।

त्यस्तै, प्रवक्ता गौतमका अनुसार थप १ सय २१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यससँगै निको हुनेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ । मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित