बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

दुई अध्यक्षबीच अरु सम्वाद गर्ने निर्णयसँगै सकियो ओलीइतर स्थायी कमिटी बैठक

दैनिक नेपाल २०७७ साउन १३ गते १६:३३

काठमाडौं, १३ साउन । नेकपा स्थायी कमिटीको बहुमत सदस्यहरुको बैठक बालुवाटारमा सम्पन्न भएको छ ।

बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । पार्टीको विधि र पद्धति अनुसार नचलेर प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले एकलौटी रुपमा स्थायी कमिटीको बैठक स्थगित गर्नु आपत्तिजनक भएको ठहर गर्दै बैठक सम्पन्न भएको स्थायी कमिटी सदस्य भिम रावलले बताए ।

त्यसविरुद्ध खेत प्रस्ताव पारित गरेको उनको भनाइ छ । बैठकले प्रधानमन्त्री ओलीसँग यस विषयमा कार्यकारी अध्यक्ष प्रचण्डले छलफल गर्ने निर्णय पनि भएको बताइएको छ ।

४४ सदस्यीय स्थायी कमिटीमा आजको बैठकमा २९ जना सदस्य उपस्थित रहेको रावलको दाबी छ । तर, ओली पक्षका स्थायी कमिटी सदस्यहरु भने १५–१६ जना भएर खुमलटारको जस्तै भेला बालुवाटारमा गरेको जिकिर गरिरहेका छन् ।

यसअघि बैठकमा अध्यक्ष प्रचण्डले पार्टीलाई दुर्घटनाबाट बचाउन पहल गरिरहेको जानकारी गराउदै बैठकलाई पार्टी स्थायी कमिटीको पूर्ण बैठक नभई बहुमत सदस्यको भनेका थिए ।

प्रतिक्रिया
सम्बन्धित