बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अझै २ दिन भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

दैनिक नेपाल २०७७ साउन १३ गते १६:१७

काठमाडौँ, १३ साउन । सोमबारदेखि सक्रिय मनसुन पुनः सक्रिय भएसँगै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

मंगलबार सातै प्रदेशका विभिन्न स्थानमा सामान्यदेखि ठूलोसम्म वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको जनाएको छ ।

महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिअनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ भने प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जनरचट्याङ सहित भारी (ठूलो) वर्षा हुने सम्भावना छ । यस्तै वर्षा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थान पनि हुने अनुमान गरिएको छ ।

यस्तै राति पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना छ । ‘प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, र सुदूरपश्चिमका थोरै स्थानमा तथा कर्णाली प्रदेशको एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ,’ बुलेटिनमा भनिएको छ ।

महाशाखाका अनुसार बुधबार र बिहीबार वर्षा अझ बढ्ने सम्भावना छ । ती दुई दिन ‘धेरै भारी’ वर्षासमेत हुने सम्भावना देखिएको हो ।

महाशाखाका अनुसार बुधबार दिउँसो धेरै स्थानमा वर्षा हुने र त्यसमा प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारीसम्म वर्षाको सम्भावना छ ।

यस्तै राति पनि धेरै स्थानमा हल्कादेखि मध्यमसम्म र गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारीसम्म वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

बुलेटिनअनुसार बिहीबार दिउँसो पनि धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने सम्भावना छ ।

यस्तै राति पनि केही स्थानमा हल्कादेखि मध्यमसम्म र गण्डकी, प्रदेश ५ र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टा (मंगलबार बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म) का लागि चेतावनी जारी गर्दै महाशाखाले भनेको छ स्

‘देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ ।

ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

प्रतिक्रिया
सम्बन्धित