५ कार्तिक २०८३, बिहिबार

कपिलवस्तुमा थप ३४ जनामा कोरोना, समुदायमा संक्रमण फैलिएको आशंका

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ साउन । कपिलवस्तुमा थप ३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार संक्रमित थपिएसँगै जिल्लामा संक्रमितको संख्या ७ सय ९६ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

थपिएका संक्रमितहरु सबै शिवराज नगरपालिकाका रहेको जनाईएको छ । जसमध्ये २८ जना पुरुष र ६ जना महिला रहेका छन् ।

लामो समयदेखि कोरोना परीक्षण गर्न रोकिएको कपिलवस्तुमा समुदायमा कोरोना फैलिएको छ, छैन भनि प्रदेश ५ सरकारले जिल्लामा गरेको परीक्षणमा ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्लाका विभिन्न क्वारेन्टिनमा रहेका ८६ जनाको नमुनाको परीक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १२ जना भारतबाट, ४ जना दुबई, २ जना साउदी अरेयिबा र ३ जना कतारबाट आएर क्वारेन्टिनमा बसेका हुन् ।

त्यस्तै, बाँकी १३ जना भने समुदायमा संकलन गरिएको स्वाब हो । उनीहरुको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको हो ।

जिल्लामा संक्रमित निको भइरहेका बेलामा यतिका संख्यामा संक्रमित भेटिनुले समुदायमा कोरोना फैलिएको हुन सक्ने आशंका गर्न थालिएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहबाट नमुना संकलन गरेर समुदायमा कुन स्तरमा कोरोना फैलावट छ, छैन भनी पत्ता लगाउन परीक्षण गरिने बताइएको छ ।