बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

मलेशियाका भूतपूर्व प्रधानमन्त्री भ्रष्टाचार मुद्दामा दोषी ठहर

दैनिक नेपाल २०७७ साउन १३ गते १५:३४

मलेशिया, १३ साउन । मलेशियाका भूतपूर्व प्रधानमन्त्री नजिब रजाक लाखौँ डलर भ्रष्टाचार भएको एउटा मुद्दामा दोषी ठहर भएका छन् ।

भ्रष्टाचारसम्बन्धी उनीमाथि लागेको विभिन्न मुद्दामध्ये पहिलो मुद्दाको निर्णय सुनाउँदै अदालतले उनीविरुद्ध लागेका ७ वटै अभियोगमा नजिब दोषी भएको ठहर गरेको हो ।

उनले आपराधिक प्रयोजनका लागि विश्वासघात गरेको, सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगजस्ता अभियोगहरू अस्वीकार गरेका थिए ।

उक्त मुद्दालाई मलेशियाको कानूनी शासन स्थापना र भ्रष्टाचार नियन्त्रणको प्रयासको महत्त्वपूर्ण परीक्षा मानिएको थियो ।

मलेशियाको वनएमडीबी नामक कोष अपचलन काण्डले विश्वभरि भएका जालसाजी र भ्रष्टाचारलाई उजागर गरिदिएको छ ।

क्वालालम्पुरलाई एउटा आर्थिक केन्द्र बनाउने एवं रणनीतिक लगानीमार्फत् अर्थतन्त्र सुदृढ बनाउने उद्देश्य राखेर सन् २००९ मा रजाकले वनएमडीबी स्थापना गरेको थियो ।

उच्च अदातलका न्यायाधीश मोहमद नज्लान मोहमद गजलीले सबै प्रमाणका आधारमा अभियोजन पुष्टि भएको घोषणा गरेका हुन् ।

नजिबलाई प्रत्येक अभियोगका लागि १५ देखि २० वर्ष कारागार हुन सक्ने बताइएको छ । भ्रष्टाचारकाण्डमा नजिब रजाकलाई २५ वटा अभियोग लागेपछि उनलाई देश छोड्न प्रतिबन्ध लगाएर अदालतले अनुसन्धा गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित