२९ आश्विन २०८३, बिहिबार

प्रहरी प्रधान कार्यालयका थप २३ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, १३ साउन । नेपाल प्रहरीको नक्सालस्थित प्रधान कार्यालयमा कार्यरत थप २३ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत आइतबार कार्यालयको सवारी शाखामा कार्यरत ४ जनामा कोरोना पुष्टि भएको थियो । त्यसपछि प्रहरीले कन्ट्र्याक्ट ट्रेसिङ गर्दा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायत छन् । संक्रमित प्रहरी अधिकारीहरुलाई सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने प्रधान कार्यालयले जानकारी दिएको छ ।