५ कार्तिक २०८३, बिहिबार

नेपाल प्रहरी हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना पुष्टि

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ साउन । नेपाल प्रहरीको हेडक्वार्टरका मंगलबार थप २३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

थप २३ जनामा संक्रमण पुष्टि भएको नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले जानकारी दिए ।

आइतबार हेडक्वार्टरका ४ जनामा संक्रमण देखिएको थियो । उनीहरुकै सम्पर्कमा आएका थप २३ जनामा कोरोना पोजेटिभ आएको बताइएको छ । थपिएका संक्रमितहरु चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायत रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरीको बलम्बु अस्पताल पठाउने तयारी भइरहेको शाहीले जनाए ।