५ कार्तिक २०८३, बिहिबार

कालीकोटमा पहिरोमा परी एकको मृत्यु, ५ जना बेपत्ता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १३ साउन । कालीकोटमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् ।

रास्कोट नगरपालिका १, वहल्तोलामा गएराती गएको पहिरोमा एकै परिवारका चारसहित ५ जना बेपत्ता भएका हुन् ।

स्थानीय जयबहादुर शाहीको घर बगाउँदा उनको परिवारका ५ जना बेपत्ता भएका कर्णाली प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोले घर बगाउँदा घरमूली जयबहादुर शाही, उनकी १५ वर्षीया छोरी संगीता, १२ वर्षीया छोरी कौसी, ८ वर्षीय छोरा नवीन र भदै नाता पर्ने १५ वर्षीया अस्मिता शाही बेपत्ता भएका छन् ।

यस्तै रास्कोट नगरपालिका ९, फुकुगाड खोलामा आएको बाढीले कर्णाली कोरिडोरको फुकुगाड खोलामा रहेको बेलीब्रिज र झोलुङ्गे पुल बगाएको छ ।

तुसारखोलामा आएको पहिरोले टेकबहादुर टमटाको घर बगाउँदा पाहुना आएकी १४ वर्षीया छोरी बेलपुरा शाहीको मृत्यु भएको छ ।