
काठमाडौँ, १३ साउन । मंगलबार विहान प्रहरीले काठमाडौँको कमलादीबाट बरामद गरेको सुनजस्तै देखिने सामान चाँदी भएको खुलेको छ ।
दिउँसो पत्रकार सम्मेलनमार्फत महानगरीय प्रहरी परिसरले सुनजस्तो देखिए पनि पछि परीक्षण गर्दा उक्त सामान सुनको जलप लगाएको चाँदी भएको देखिएको जनाएको छ ।
व्यवसायीलाई परीक्षण गराउँदा सुन जस्तै देखिएपनि काटेर हेर्दा बाहिरी भाग चाँदी भएको प्रमाणित भएको प्रहरीले जनाएको छ ।
अहिले ५ सय ग्राम सुन र बाँकी चाँदी रहेको प्रहरी परिसरले जानकारी दिएको छ ।















प्रतिक्रिया