
काठमाडौं, १३ साउन । स्थायी कमिटी बैठक स्थगित गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकटका स्थायी कमिटी सदस्यहरुसँग छुट्टै छलफल थालेका छन् ।
उनले बैठक स्थगित गरे पनि अर्का अध्यक्ष प्रचण्डले कोरम पुर्याएर बालुवाटारमै बैठक गरिरहेका बेला ओलीले आफू निकटका नेताहरुसँग छलफल गरिरहका हुन् ।
११ बजेको बैठकअघि मंगलबार बिहान ओली र दाशालबीच छलफल गर्ने कार्यक्रम थियो । तर, छलफलका लागि प्रचण्ड आउने भनिए पनि उनी आएनन् । बालुवाटारमा करीब डेढ घन्टा प्रचण्डलाई कुरेका अध्यक्ष ओलीले अन्तिम समयमा बैठक स्थगित गर्नु परेको बताइएको छ ।
बिहानको छलफलमा घाँटी दुःखेर आउन नसकेका प्रचण्डले अहिले बालुवाटारमा बल्ल बल्ल कोराम पुर्याएर ओलीविरुद्ध स्थायी कमिटी बैठक सञ्चालन गरिरहेका छन् ।













प्रतिक्रिया