शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बल्ल बल्ल कोरम पुग्यो, बालुवाटारमा सुरु भयो ओलीबिनै स्थायी कमिटी

दैनिक नेपाल २०७७ साउन १३ गते १३:०७

काठमाडौं, १३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भयो ।

बैठक स्थगित भएलगत्तै केपी ओलीइतरका स्थायी कमिटी सदस्यहरुको मात्रै बैठक बालुवाटारमा शुरु भएको छ ।

प्रधानमन्त्री केपी ओलीले एकल निर्णय गरेर बैठक स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले बैठक सुरु गरेको हो । उक्त बैठक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चालन गरिरहेका छन् ।

११ बजेको बैठकका लागि बालुवाटार पुगेका स्थायी कमिटी सदस्यहरुमध्ये आफ्ना समूहका मात्रै पनि कोरम पुग्ने देखेपछि प्रचण्डले बैठक राखेका हुन् ।

उक्त समूहले सोमबार प्रचण्डनिवास खुमलटारमा भेला भएर ओलीले बैठक स्थगित गर्न सक्ने भन्दै जसरी पनि सञ्चालन गर्नुपर्ने निष्कर्ष निकाले थियो । सोही निष्कर्षबमोजिम ओलीबिनै बैठक शुरु गरिएको बताइएको छ ।

बैठकमा वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत २५ जना स्थायी कमिटी सदस्य सहभागी भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित