
काठमाडौँ, १२ साउन । सप्तरीमा थप १५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बलान बिहुल गाउँपालिकामा ७ जना, तिलाठी कोईलाडी गाउँपालिकामा ६ जना र राजविराज नगरपालिकामा २ जना गरी नयाँ १५ जना संक्रमित थपिएका छन् ।
यससँगै जिल्लामा संक्रमितको संख्या ४ सय ६२ जना पुगेको छ । जसमध्यै ३ सय १२ जना उपचारपछि निको भएका छन् ।















प्रतिक्रिया