शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

राखेपको सदस्य सचिवमा पुनः सिलवाल नियुक्त

दैनिक नेपाल २०७७ साउन १२ गते २०:३६

काठमाडौँ, १२ साउन । सरकारले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा रमेश कुमार सिलवालाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिसमा परेका ३ जनामध्ये सिलवाललाई ४ वर्षका लागि नियुक्त गरेको हो ।

गत साल नियुक्त भएका सिलवालको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ का कारण एक वर्षमै पदमुक्त भएका थिए । पुनः उनी पक्रिया पुरा गरेर दोस्रोपटक नियुक्त भएका हुन् ।

खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रहेको ३ सदस्यीय समितिले सदस्य सचिवको सिफारिस गरेको थियो ।

नाम सिफारिस हुनेमा सिलवालसहित भलिवलकी पूर्व कप्तान अन्जु श्रेष्ठ र भलिवल संघका पूर्व उपाध्यक्ष तथा नेकपा केन्द्री सदस्य लिलबहादुर थापामगरको नाम समितिले मन्त्रालयमा पठाएको थियो ।

पहिलोपटक प्रतिस्पर्धात्मक विधिबाट खेलकुदका सदस्य सचिव नियुक्त गरिएको हो । जहाँ २७ जनाले आवेदन दिएका थिए भने २ जना अयोग्य ठहरिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित