बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

महाधिवेशनको तयारीमा लाग्न उपप्रधानमन्त्री पोखरेलको आह्वान

दैनिक नेपाल २०७७ साउन १२ गते २०:०१

काठमाडौँ, १२ साउन । सत्तारुढ नेकपाका सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीको महाधिवेशनको तयारीमा लाग्न आह्वान गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले राष्ट्रिय आवश्यकताद्वारा निर्देशित भएर पार्टी एकता गरेको बताउँदै ऐतिहासिक एकताका लागि महाधिवेशनको तयारीमा लाग्न अपील गरेका हुन् ।

उनले पार्टी एकता गर्दा बाँकी रहेका विचार, संगठन र नेतृत्वलाई व्यवस्थित र एकिकृत गर्न राष्ट्रिय मञ्च अर्थात महाधिवेशनको तयारीमा लाग्न अनुरोध गरेका हुन् ।

पोखरेलले स्थायी कमिटीले सवर्मसम्मतिले तय गरेको महाधिवेशनको मिति पनि नबिर्सन आग्रह गरेका छन् ।

पोखरेलले फेसबुकमा लेखेको स्टाटस :

“राष्ट्रिय आवश्यकताद्वारा निर्देशित भएर हामीले पार्टी एकता गर्यौं ! त्यो ऐतिहासिक एकता गर्दा पुरा गर्न बाँकी रहेका विचार, संगठन र नेतृत्वलाई व्यवस्थित र एकिकृत गर्न राष्ट्रिय मञ्च अर्थात् महाधिवेशनको तयारीमा लागौं !! केन्द्रीय कमिटीले सर्वसम्मतीले महाधिवेशनका लागि तय गरेको मितिलाई नबिर्सौं !!”

प्रतिक्रिया
सम्बन्धित