बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कुरियरमार्फत होम डेलिभरी गर्ने नाममा करिब ३ लाख बराबरको ठगी गर्ने व्यक्ति पक्राउ

दैनिक नेपाल २०७७ साउन १२ गते १९:३५

सांकेतिक तस्वीर

काठमाडौँ, १२ साउन । कुरियरमार्फत होम डेलिभरी गर्ने भनी सामान नपुर्याई ठगी गर्ने सविज कुरियर सर्भिस अनलाईन सेवाका संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका ५ ईमाडोल बस्ने धनुषा सवैला गाँउपालिका ३ सवेला घर भएका २४ वर्षीय धिरज साहलाई पक्राउ गरेको हो ।

भारतीय अनलाइनबाट किनेको औषधी, मोबाईल, घडी, लेडिज कपडाहरु नेपालमा होम डेलीभरी गराई दिने भनी विश्वासमा पारी २ लाख ७९ हजार ९ सय १० रुपैयाँ ठगी गरको सूचनाका आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बेबी कार सिट मगाउने पीडितले ईसेवाबाट पठाएको ९ हजार रुपैयाँ, भारतको दिल्लीबाट साडी कुर्था, कपडाहरु नेपाल ल्याउनको लागि होम डेलीभरी गराईदिने भनी ७७ हजार ७ सय रुपैयाँ, सिको घडी मगाउनको लागि नगद ४९ हजार ५ सय ५० रुपैयाँ, एडिडास कम्पनीको जेन्स कपडा, जुत्ता होम डेलीभरीको लागि १४ हजार ८ सय ७५ रुपैयाँ र औषधी तथा मोबाइल होम डेलीभरीको लागि ७३ हजार ७ सय ८५ रुपैयाँ लिई कसैलाई पनि सामान डेलीभरी नगरी ठगी गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ ।

उनलाई ठगी मुद्धामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित