शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

समुदायमा कोरोनाभाइरस फैलिसकेको छैन : स्वास्थ्य मन्त्रालय

दैनिक नेपाल २०७७ साउन १२ गते १७:५३

काठमाडौँ, १२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा कोरोना भाइरसको संक्रमण फैलिनसकेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा अहिलेसम्म नेपालमा कोरोना समुदायमा फैलिसकेको प्रमाणित नभएको बताएका हुन् ।

‘भाइरसको फैलावटको वर्गीकरण अनुसार विश्व स्वास्थ्य संगठनले नेपाललाई ठाउँ विशेषमा कोभिड १९ को केस भएको मुलुकको सूचीमा राखेको छ । यसमा स्थानीय तहहरूबाट थप खोज गर्ने काम भइरहेको छ,’ उनले भने ।

पछिल्लो समय वीरगन्ज, सप्तरी र विराटनगरपमा ट्राभल हिस्ट्री नभएका व्यक्तिहरूमा संक्रमण देखिएपछि स्थानीय तहले संक्रमण समुदायमा पुगेको निस्कर्ष निकालेका थिए ।

मन्त्रालयले भने कोरोना समुदायमा पुगेको केही शंका गर्ने आधारहरू तय भएपनि थप कुरा विश्लेषण नभइ घोषणा गर्न नसकिने जनाएको छ ।

यद्यपि मन्त्रालयले सचेत एवम् सतर्क रहन भने सबैलाई अपील गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित