शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

काठमाडौँ उपत्यकामा थप ६ जनामा कोरोना पुष्टि

दैनिक नेपाल २०७७ साउन १२ गते १६:५०

काठमाडौँ, १२ साउन । काठमाडौँ उपत्यकामा थप ६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकाका ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

संक्रमितहरु काठमाडौँका ३ जना र ललितपुरका ३ जना रहेका मन्त्रालयले जनाएको छ ।

सोमबार देशभर थप १३९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६२६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । त्यस्तै, हालसम्म कोरोनाका कारण ४८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित