
काठमाडौँ, १२ साउन । जुम्लामा छोराले आफ्नै बुबाको हत्या गरेको छ ।
मादकपदार्थ सेवन गरी आफ्नै बुवाको हत्या गर्ने कनकासुन्दरी गाउँपालिका ४ का ३२ वर्षीय ऐनबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार राति करिब १० बजे कनकासुन्दरी शाहीले आफ्नै ७५ वर्षीय बुवा दानबहादुर शाहीमाथि कुटपिट गरी हत्या गरेका थिए ।
मापसे गरेपछि घरमा झडप हुँदा शाहीले बुबामाथि हात र हसियाँको बिँडले प्रहार गरेको प्रहरीले जनाएको छ ।
कुटपिटपछि गम्भीर घाइते भएका दान बहादुरलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार जाँड खाएर बुबामाथि हातपात गरेपछि गम्भीर घाइते भएको र उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो । प्रहरीले ऐनबहादुरलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
दानबहादुरको टाउको, आँखा र शरीरका केही ठाउँमा चोट लागेको थियो ।















प्रतिक्रिया