५ कार्तिक २०८३, बिहिबार

विषालु च्याउ खाँदा एक बालकको मृत्यु, ४ बिरामी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १२ साउन । डडेल्धुरामा विषालु च्याउ खाँदा एक जना बालकको मृत्यु भएको छ भने ४ जना बिरामी भएका छन् ।

विषालु च्याउ खाएर नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का ८ वर्षीय बालक ललित धामीको ज्यान गएको हो भने परिवारका अन्य ४ जना बिरामी छन् ।

बालकको उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बालककी आमा बिस्ना धामी र ३ दिदीबहिनीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।