शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

महाबौद्धमा व्यवसाय गर्ने २ जनामा कोरोना पुष्टि

दैनिक नेपाल २०७७ साउन १२ गते १५:१२

काठमाडौँ, १२ साउन । काठमाडौँ महानगरपालिका वडा नम्बर २७ महाबौद्ध क्षेत्रमा २ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

त्यहाँ व्यवसाय गर्ने २ जनामा कोभिड १९ पोजेटिभ देखिएपछि अन्य सम्पर्कमा आएका अन्य व्यक्तिहरुलाई परीक्षणका लागि वडा कार्यालयले अनुरोध गर्दै सार्वजनिक सूचना जारी गरेको छ ।

संक्रमितहरु भारतीय नागरिक भएको र महाबौद्धमा व्यवसाय गर्ने हुन् ।

वडा अध्यक्ष चिनियामान बज्राचार्यले एक सूचना जारी गरी उनीहरुको संसर्गमा आएकालाई यथासिघ्र स्वास्थ्य परीक्षण गर्न अनुरोध गरेका हुन् ।

वडा कार्यालयले गणेशमन्दिर देखि महाबौद्ध स्तुपासम्मका व्यवसायीहरुको पीसीआर रिपोर्ट नआएसम्म सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरेको छ ।

सरकारले साउन ७ गतेदेखि लकडाउन खोलेसँगै संक्रमणको जोखिम बढेको विज्ञहरु बताउँछन् । अहिलेसम्म देशभरी ३ लाख ४२ हजार ४ सय ५७ जना पीसीआर परीक्षण भएको छ ।

जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्य १८ हजार ६ सय १३ संक्रमित पुगेका छन् ।

त्यस्तै, १३ हजार १ सय २८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया
सम्बन्धित