शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सञ्चारकर्मी गीता अधिकारीले ल्याइन् ‘बजाउँदै चुरा…’

दैनिक नेपाल २०७७ साउन १२ गते १४:२८

काठमाडौं । नेपाली महिला हरुको महान् पर्व तीज नजिकिदै जाँदा तीजसम्बन्धी गीतहरु धमाधम सार्वजनिक भइरहेका छन् ।

यही मेसोमा ३ वर्षदेखि लगातार तीजका गीत पस्किदै आएकी सञ्चारकर्मी गीता अधिकारीले ‘बजाउँदै चुरा…’ सार्वजनिक गरेकी छिन् ।

सारिका घिमिरेको स्वरमा रहेको उक्त तीज गीतमा योगेश काजीको सङ्गीत तथा एरेञ्ज रहेको छ । स्टुडियो डीबी एचडीमा रेकर्डिङ गरिएको गीतमा एचवीएन किस्मतको मिक्सिङ तथा माष्टिरिङ रहेको छ ।

सार्वजनिक लिरिकल भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका छन् ।

गीता र सारिकाले यसअघि ‘यतै घमाइलो उतै घमाइलो…’ सन्देशमुलक तीजगीत ल्याएका थिए । गत वर्ष ‘तीजैमा ब्रत बसी…’ ल्याएका थिए ।

कोरोना भाइरसको सङ्क्रमणका कारण गीतको भिडियो छायाँकन गर्न असमर्थ भएका कारण लिरिकल भिडियो सार्वजनिक गरेको गीता र सारिकाले बताए । गीतको उक्त भिडियो युट्युब च्यानल द ट्युन मार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया
सम्बन्धित