बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

लाईसेन्स बनाईदिने भनी ठगी गर्न खोज्ने पक्राउ

दैनिक नेपाल २०७७ साउन १२ गते १४:२६

सांकेतिक तस्वीर

काठमाडौँ, १२ साउन । लाईसेन्स बनाईदिन्छु भनी ठगी गर्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

लाईसेन्स बनाइदिने भन्दै विभिन्न व्यक्तिहरुसँग रकम माग गर्ने भक्तपुर मध्यपुर ठिमि नगरपालिका मगरगाउँ बस्ने मुगु खत्याड गाउँपालिका ८ घर भएका २५ वर्षीय प्रेम राज पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रगिरी नगरपालिका ३ थानकोट खरिबोटमा लाईसेन्स बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम मागिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित