बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रहरी प्रधान कार्यालयका थप १९ जना प्रहरीमा कोरोना संक्रमणको आशंका

दैनिक नेपाल २०७७ साउन १२ गते १४:०९

काठमाडौं, १२ साउन । नेपाल प्रहरीको मुख्यालयमा कार्यरत ४ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका १९ जना प्रहरी कर्मचारीलाई आइसोलेसनमा राखिएको छ ।

नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता निरजबहादुर शाहीले ४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका अन्य १९ जना प्रहरीलाई पनि क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।

प्रहरी प्रधान कार्यालय नक्सालको सवारीचालक शाखामा कार्यरत प्रहरीबाट संक्रमण फैलिएको हुन सक्ने भन्दै उनीहरूसँगको सम्पर्कमा रहेका अन्य प्रहरीको पनि ‘कन्ट्र्याक्ट ट्रेसिङ’ भइरहेको उनले जानकारी दिए ।

हाल सम्म कोरोना संक्रमण नियन्त्रणका लागि खटिएका करीब ३०० सुरक्षाकर्मीलाई कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित