२९ आश्विन २०८३, बिहिबार

पोखरा विश्वविद्यालयको स्थगित परीक्षा भदौ अन्तिमदेखि शुरू गरिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । पोखरा विश्वविद्यालयले कोभिड–१९ का कारण रोकिएको परीक्षा आगामी भदौ अन्तिममा शुरू गर्ने भएको छ ।

भदौ अन्तिममा सुरु गरेर दशैं अगाडि नै परीक्षा सम्पन्न गरिसक्ने विश्वविद्यालयको लक्ष्य छ ।

सोमबार सूचना जारी गर्दै विश्वविद्यालयले भदौ अन्तिमबाट परीक्षा शुरु गरिने बताएको हो ।

लामो दूरीका गाडीहरू भदौदेखि मात्रै चल्ने भएकाले देशका विभिन्न भागमा पुगेका विद्यार्थीहरु समयमै नआउने भएकाले भदौ शुरुमा परीक्षा गर्न नसकिने भन्दै विश्वविद्यालयले अन्तिम साताबाट भने परीक्षा शुरु गरी दशैंअघि सक्ने लक्ष्य राखेको हो ।

सूचनामा परीक्षा सञ्चालन गर्दा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइने उल्लेख गरिएको छ ।