
काठमाडौं, १२ साउन । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा करीब ५० हजार जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ ४९ हजार ९३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार यो सहित भारतमा कुल सङ्क्रमितको सङ्ख्या १४ लाख नाघेको छ ।
यस्तै भारतमा कोरोनाका कारण एकैदिन ७०८ जनाको ज्यान गएको छ । योसँगै भारतमा कोरोनाका कारण ज्यान जानेको सङ्ख्या ३२ हजार ७७१ पुगेको छ ।
समाचारहरु अनुसार विश्वभर पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेको सङ्ख्या २ लाख १४ हजारभन्दा बढी छ ।













प्रतिक्रिया