२९ आश्विन २०८३, बिहिबार

एकैदिन प्रतितोला १२ सय रुपैयाँ बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । पहेंलो धातु सुनको मूल्य सोबार प्रतितोला १ हजार २०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।

गत बुधबारदेखि निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्य करीब १ लाख नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन ९७ हजार ६० रुपैयाँका कारोबार भइरहेको छ ।

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर ९६ हजार ३०० रुपैयाँ निर्धारण गरिएको थियो ।

गएको शुक्रबार सुनको मूल्य तोलामा ९५ हजार ८००, बिहीबार ९४ हजार ५०० र बुधबार ९४ हजार रुपैयाँका कारोबार भएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वकै अर्थतन्त्र बिग्रँदै गएको तथा ठूला देशबीच तनाव बढ्दै गएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य महंगिएको महासङ्घ अन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए ।