२९ आश्विन २०८३, बिहिबार

चीनको चङ्गदुस्थित वाणिज्य दूतावास छोड्दै अमेरिकी कूटनीतिज्ञहरू

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । चीनको दक्षिण–पश्चिमी शहर चङ्गदुस्थित अमेरिकी वाणिज्य दूतावासका कूटनीतिज्ञहरू कार्यालय छोड्न थालेका छन् ।

वाणिज्य दूतावास बन्द गर्नुपर्ने सोमबार बिहानसम्मको समयसीमा भन्दा केही घण्टाअघि कर्मचारीहरूले कार्यालय छोडेको बीबीसीले जनाएको छ ।

अमेरिकाले गत हप्ता टेक्ससको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासलाई बन्द गर्न लगाएको प्रतिक्रिया स्वरूप चीनले अमेरिकी वाणिज्य दूतावासलाई पनि बन्द गर्न निर्देशन दिएको थियो ।

बेइजिङले ‘बौद्धिक सम्पत्ति चोर्नका लागि’ आफ्नो वाणिज्य दूतावासको प्रयोग गरिरहेकोले बन्द गराउने आदेश दिइएको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताएका थिए । लगत्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले अमेरिकी कदम ‘चीनविरोधी झूटहरूको मिश्रण’ भएको प्रतिक्रिया दिएका थिए ।

चीनसँगको व्यापार तथा कोरोना भाइरस महामारी, हङ्कङमा लागू गरिएको विवादास्पद सुरक्षा कानून लगायत विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दो छ ।