बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

वीरगञ्ज कोरोना विशेष अस्पतालमा मृत्यु भएका वृद्धमा देखियो कोरोना

दैनिक नेपाल २०७७ साउन ११ गते २१:३३

सांकेतिक तस्वीर

काठमाडौँ, ११ साउन । वीरगञ्जमा आइतबार विहान मृत्यु भएका वृद्धमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जको अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना देखिएको हो ।

उनको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको चिकित्सकले जानकारी दिएका छन् ।

उनी मधुमेह र मुटुका रोगी थिए । केही दिनदेखि उनको स्वास्थ्यमा समस्या आएको थियो ।

उनको कोरोना परीक्षणका लागि शनिबार स्वाब संकलन गरेर वीरगञ्जको हेल्थ केयरमा लगिएको थियो । त्यहाँ उनको आरडीटी पोजेटिभ देखिएको थियो ।

शनिबार राती अचानक स्वास्थ्यमा गम्भीर समस्या आएपछि कोरोना अस्थायी अस्पतालको भेन्टिलेटरमा राखिएको थियो ।

उपचारका क्रममा आइतबार विहान ६ बजे उनको मृत्यु भएको अस्पतालका चिकित्सकले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित